२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

कैलालीमा भरुवा बन्दुकसहित एक पक्राउ

कैलाली । कैलालीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका–६ खरुखेडाका ५२ वर्षीय नारायणप्रसाद चौधरी भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

प्रहरीले शनिबार साँझ चौधरीको घरबाट एकथान भरुवा बन्दुकसहित बारुद ४ डिब्बा, तयारी सानो गोली ३८ पिस, सिसाको टुक्रा ९ पिससहित चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।

पक्राउ परेका चौधरीलाई थुनामा राखी थप अनुसन्धान भैरहेको डिएसपी चन्दले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com