२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

सालेरनिटानलामाथि युभेन्ट्सको सहज जित

एजेन्सी । इटालिय सिरी ‘ए’मा युभेन्ट्सले सहजा जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउनको लागि पाउलो डिबाला र डुसान भ्लाहोभिचले समान एक(एक गोल गरे । युभेन्ट्ले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको पाँचो मिनेटमा नै डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले डुसान भ्लाहोभिचको पासमा गोल गरेका थिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । उनले डुसानले माटिया डि स्किजलियोको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा थप गोल निस्कन नसक्दा खेल युभेन्ट्सले जित्यो । यो जितसँगै युभेन्ट्सको ३० खेलबाट ५९ अंक जोडेको छ । शीर्षस्थानको मिलानको ६६ तथा नेपोलीको ६३ तथा इन्टर मिलानको ६० अंक छ । एटलान्टाको ५१ तथा पराजित सालेरनिटाना १६ अंक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com