२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सर्लाहीको ईश्वरपुरमा क्लवको भवन बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाइते

जनसेवा न्युज संवाददाता

सर्लाही । सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाइते भएका छन् । सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ ।

शनिबार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपमा दुबै पक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१, का सांसद घाइते भएका हुन् ।

उनको बयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिनयता स्थानीय युवाबीच विवाद बढ्दै गएको थियो ।

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगतै झडप भएको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको छ । उक्त क्लवको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com