२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मकवानपुर प्रहरीले भरुवा बन्दुक र लागूऔषधसहित १ जनालाई गरे पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले भरुवा बन्दुक र लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–५ का ५२ वर्षीय डिल बहादुर गोङ्वालाई एक नाले भरुवा बन्दुक र लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट मकवानपुरगढी ५ धादिङ्गबाट खटिएको प्रहरी टोलीले गोङ्वाले घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने सेतो पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com