२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

परीक्षा सारिएपछि राजर्षि जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ

जनसेवा न्युज संवाददाता

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको परीक्षा सारिएपछि विरोधमा विद्यार्थीले तोडफोड गरेका छन् । गत बुधबार तय भएको परीक्षा सारिएको विरोधमा वीवीए प्रथम वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् । बिना सूचना परीक्षा सारिएको आक्रोशित विद्यार्थीको भनाइ छ ।

विश्वविद्यालयले पटक(पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए । ‘हामी परीक्षा दिन ११ बजे नै कलेज पुग्यो । तर, त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो । किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएन, प्रशासन शाखामा पनि कोही थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थी नाराबाजी गर्दै तोडफोड गर्न पुगे,’ उनले भने ।

६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको भन्दै उनले भने, ‘समयमा परीक्षा नलिएर विश्वविद्यालयले आफूहरूको जीवनसँग खेलबाड गरिरहेको छ । परीक्षाको सूचना पटक(पटक निकाल्छ र पटक(पटक स्थगित पनि गर्छ । त्यस्तोमा आफूहरूको भविष्य कस्तो होला रुु

विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएका छन् । तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com