२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

जेठ ६ मा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

काठमाडौँ । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको फिल्म अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो । निर्माण युनिटले शुक्रबार फिल्मको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

दार्जिलिङ,सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको सम्वाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com