२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। शनिवार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।

उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्ने गरी लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सिप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गरिन् ।

आर्थिक विकास र लगानीको चर्चा गर्दा हामीले दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्दछ । जलवायु परिवर्तनका कारण सम्पूर्ण विश्व नै संकटउन्मुख भएकोले मानव सभ्यताको सामु ठुलो चुनौती खडा भएको छ । हामीले गर्ने पूर्वाधार विकासको कार्य प्रकृतिको सन्तुलन जोगाउँदै जीवन र जगतको सुरक्षा गर्न सक्षम हुनुपर्दछ । त्यसैले तपाईंहरूले रोज्ने लगानीको क्षेत्र नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्नतर्फ समेत केन्द्रित हुन सक्नुपर्दछ ।’

राष्ट्रपति भण्डारीले संविधानले गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानुनको निर्माण पश्चात् सो व्यवस्था लागु हुनेमा विश्वास व्यक्त गरिन् । उनले नेपाली कला, संस्कृति, भाषा, भेसभुषा र परम्परालाई विदेशमा जन्मे हुर्केका भावी पुस्तामा पनि जीवित राख्नेमा आशा व्यक्त गर्नुभयो । उहाँले नेपालमा आपत्–विपत् पर्दा गैर आवासीय नेपालीहरूको ठुलो साथ र सहयोग रहेको भन्दै त्यसप्रति सम्मान व्यक्त गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com