२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमी देशसँग पुनः एकपटक गरे यस्तो अपिल

एजेन्सी । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशको सरकारसँग युक्रेनको मद्दतका लागि लडाकू विमान, ट्याङ्क र मिसाइल डिफेन्स सिस्टम दिन एकपटक पुनः अपिल गरेका छन् ।

अबेर राती एक भिडियो सन्देशमा उनले युरोपको सुरक्षाका लागि जुन हतियार बनाइएका छन् त्यो गोदाममा धुलो खाएर बसिरहेको बताएका छन् । जेलेन्स्कीले मसिन गनले आफूहरूले रुसी लडाकू विमान खसाल्न नसक्ने पनि दुखेसो पोखे ।

उनले भने, ‘हाम्रा सहयोगीसँग हतियार छ र त्यो गोदाममा थन्किएका छन् । यो युक्रेनको स्वतन्त्रताको मात्रै कुरा होइन, यो पूरा युरोपको स्वतन्त्रताको कुरा हो ।’
उनले युक्रेनले नेटोको एक प्रतिशत मात्रै लडाकू विमान र एक प्रतिशत ट्याङ्क चाहिएको बताउँदै आफूलाई योभन्दा बढी नचाहेको पनि जिकिर गरे । उनले नेटो सदस्यलाई प्रश्न सोध्दै भने, ‘के तपाईँहरू रुसको धम्कीले डराउनुभएको छ रु’

जेलेन्स्कीले युक्रेनलाई रुसको कब्जामा लिएको खण्डमा रुसले युरोपको भूभागमा आफ्नो कब्जा थप बिस्तार गर्ने बताएको छ ।

यस्तै, युक्रेनको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सरकारका मन्त्रीसँग भेटघाट गरेका छन् । रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनी नेतासँग यो उनको पहिलो भेटघाट हो ।

युक्रेनका विदेश मन्त्री दमित्रो कुलेबाले उनले अन्य देशबाट हतियारको मद्दत पाइरहेको बताएका छन् ।

उनले भने, ‘हतियारको मामिलामा युक्रेनले अमेरिकाबाट जति मद्दत पाएको छ त्यो अन्य कुनै पनि देशबाट पाइएको छैन । यो निकै महत्त्वपूर्ण छ । यो युक्रेनी जनताको जोस हो र पश्चिमी देश, विशेष गरी अमेरिकाले दिएको हतियारको शक्ति जो जसले हामीलाई युद्धको मैदानमा सफल बनाउनेछ । हामीले अमेरिकाबाट थप हतियारको आश्वासन पाएका छौँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com