२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अफगानिस्तानमा चरम भोकमरी

अफगानिस्तानमा चरम भोकमरी

 

काठमाडौं । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड २० लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसंख देशको कुल जनसंख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा तीन लाख ७६ हजार १३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।

विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद-उल-फित्र (संसारभरका मुस्लिमहरूले ईद-उल-फित्र मनाउने)  भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो सङ्घर्षपूर्ण रह्यो । इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ ।

अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com