२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण

काठमाडौँ – पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निसाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।

आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर–उल–हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com