२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपाललाई समृद्ध देश बनाउन ठूला पार्टीहरूको विकल्प खोज्न आवश्यक छ : अध्यक्ष लिङ्देन

जनसेवा न्युज संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध देश बनाउन ठूला पार्टीहरूको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी लगायतका पार्टीहरुले देशलाई दुर्गतीको बाटोमा लगि रहेकाले उनीहरुको विकल्प खोज्न आवश्यक रहको बताएका हुन् ।

उनले ठूला पार्टीको विकल्पको रुपमा राप्रपा रहेको बताए । नवलपरासी पश्चिममा राप्रपाद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले तीनवटै पार्टीहरुले गर्दा देश समृद्ध हुन नसकेको बताए । उनले देशलाई समृद्ध बनाउन आगामी स्थानिय तथा संघिय निर्वाचनमा राप्रपालाई विश्वास गर्न आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा बढ्दो भ्रष्टाचार, हिंसा, अनियमिततालाई रोक्न राप्रपा पार्टी नै एक उत्तम विकल्प रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com