२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निस्कर्षबिहिन

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो ।

छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’

वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठाेस सहमति हुन नसकेको एक शिक्षक नेताले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com