२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

न्यूरोडमा कुटेर ५८ वर्षीय पुरुषको हत्या, आरोपी पक्राउ

जनसेवा न्युज संवाददाता

काठमाडौँको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या भएको छ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

हत्या आरोपमा महानगरीय प्रहरी वृत्त जनसेवाले सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहुलाई पक्राउ गरेको छ । चैत २ मा विकासको कुटपिटबाट गम्भीर घाइते भएका पृथ्वी वीर डंगोलको चैत ८ मा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो । आरोपीलाई पक्रेर ‘ज्यान सम्बन्धी कसुर’मा म्याद लिएर अनुसन्धान भइरहेको परिसर काठमाडौँले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com