२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

आईपीएलमा गुजरातको सुखद सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो ।

लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६१ रन बनायो । ​गुजरातका लागि राहुल तेवातीयाले सर्वाधिक ४० रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रनको योगदान गर्दा म्याथु वेड र डेभिड मिलरले ३०–३० रन जोडे । ​बलिङतर्फ लखनउका लागि दुश्मान्थ चमेराले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । लखनउका लागि दीपक हुड्डा र आयुष बधोनीले अर्धशतकीय पारी खेले । ५५ रन बनाएका दीपकले ४१ बल खेलेका दीपकले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै ५४ रन बनाएका बधोनीले ४१ ब्ल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ​कुर्नाल पाण्ड्याले २१ रन जोडे । बलिङतर्फ गुजरातका लागि मोहम्द श्वामीले तीन विकेट लिए । त्यस्तै भरुन अरोनले दुई विकेट लिए ।

जितसँगै नवप्रवेशी गुजरातले एक खेलबाट २ अंक जोडेको छ । यता लखनउले हारबाट प्रतियोगिताको सुरुवात गर्‍यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com