२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

टी–२० सिरिज :पिएनजीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी

जनसेवा न्युज संवाददाता

नेपाल, पपुवा न्युगिनी (.पिएनजी) र मलेसियाबीचको टीÞ–२० अन्तर्राष्ट्रिय सिरिजमा पिएनजी लगातार दोस्रो खेलमा पराजित भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पिएनजीलाई मलेसियाले ८ रनले पराजित गरेको हो। यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो।

सिरिजमा मलेसियाले भने पहिलो खेलमै जित हात पार्न सफल भयो।

मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजी ३ बल खेल्न बाँकी छदा १७२ रनमा अलआउट भयो।

पिएनजीका लागि टोनी उराले ५६ रज जोडे। उनले ३५ बलमा ७ चौका र २ छक्का हिर्काए। यस्तै नोर्मान भानुआले २५ बलमा ४५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा मलेसियाका शर्भिन मुनियान्डीले ४ विकेट लिए। मोहमद वाफिक र पवनदीप सिंहले ३.३ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको क्षतिमा १८० रन जोड्यो।

मलेसियाका ओपनर विरनदीप सिंहले नटआउट ५९ रन जोडे। उनले ५२ बलमा २ चौका र २ छक्का हिर्काए।

अर्का ओपनर जुबइदी चुलकिफ्ले ४ रनमै आउट भए। कप्तन अहमद फइजले ५६ रन जोडे। उनले ३७ बलम ५ चौक र ३ छक्का हिर्काए। सयद अजिजले ४७ जोड्ने क्रममा २६ बलमा ५ चौका र २ छक्का हिर्काए।

सिरिजमा भोलि नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com