२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको तरकारी बजार आज अध्यक्ष ओलीले उद्घाटन गर्दै

जनसेवा न्युज संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।

देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् ।

तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसाईंले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com