२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सन्दीप पुनः द हन्ड्रेडु को ड्राफ्टमा, ६० हजार पाउण्ड मूल्य

जनसेवा न्युज संवाददाता

दोस्रो संस्करणको ‘द हन्ड्रेड’ लिगको लागि नेपाली लेग स्पिनर तथा राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले ड्राफ्टमा नाम दर्ता गराएका छन्।

द हन्ड्रेडको ड्राफ्टमा १६ बिभिन्न देशका २८४ जना इंग्ल्यान्ड बाहिरका खेलाडीले नाम दर्ता गराएका हुन्। यस्तै २५० जना इंग्ल्यान्डका घरेलु क्रिकेटर पनि ड्राफ्टमा छन्। ६ अप्रिलमा ड्राफ्ट मार्फत टिमहरुले खेलाडी छनोट गर्नेछन्।

प्रतियोगितामा सहभागी ८ टिमले यसअघिको सिजनकै आधारमा खेलाडीहरु रिटेन गरेका छन् भने कुल ४२ खेलाडीको स्थान खाली छ। गत वर्ष आफ्नो टिममा रहेका खेलाडीलाई टिमले ‘राइट टु म्याच’ को आधारमा टिममा अनुबन्ध गर्न सक्नेछन्।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ड्राफ्टमा आफ्नो मूल्य ६० हजार पाउण्ड अर्थात् ९झण्डै एक करोड नेपाली रूपैयाँ० राखेका छन्। सोही मूल्यमा सन्दिपसँगै शिमरन हेटमायर, एडेन मारक्रम, एन्डीले फेलुक्वायो, ग्लेन फिलिप्स, केन रिचर्डसन, मिचेल स्यान्टनर, ओडेन स्मिथ, विल योंग, एडम जाम्पा छन्।

यसअघि सन्दिप ओभलमा अनुबन्ध हुँदा उनको मूल्य एक लाख पाउण्ड थियो।

गत संस्करण पनि सन्दिप ओभल इन्भीन्सीबलबाट द हन्ड्रेड खेल्न छनोट भएता पनि भिसा समस्याका कारण इंग्ल्यान्ड पुगेता पनि त्यहाँबाट नेपाल फर्कनुपरेको थियो। ओभलले सन्दिपलाई यो सिजन रिटेन गरेको छैन।

द हन्ड्रेडको ड्राफ्टमा सर्वाधिक मूल्य १ लाख २५ हजार पाउण्डमा बाबर आजम, क्रिस गेल, मिचेल मार्श, सुनिल नारायण, काईरन पोलार्ड, निकोलस पुरन, ताब्रेज शाम्सी र डेभिड वार्नरले नाम दर्ता गराएका छन्।

यस्तै एक लाख पाउण्डमा शाकिब अल हसन, क्विन्टन डीकक, झाई रिचर्डसन, आन्द्रे रसेल छन्।

७५ हजार पाउण्डमा मोहम्मद आमिर, ड्वेन ब्राभो, आरोन फिंच, इमरान ताहिर, डेभिड मिलर, मुजिब उर् रहमान जस्ता खेलाडी छन्। म्याथु वेड, मार्नस लाबुसेन, मोहम्मद नाबीले आफ्नो मूल्य ५० हजार पाउण्ड राखेका छन्।

द हन्ड्रेड लिगको दोस्रो सिजन आगामी ३ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com