२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

भारतीय विदेशमन्त्री जयशंकरसँग भेटेपछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा

काठमाडौं । शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेपश्चात् सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेका छन् ।

विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटवार्तापछि प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा पुगेका हुन् ।

भाजपाको कार्यालयमा स्वागतपश्चात् प्रधानमन्त्री देउवाको टोलीलाई नयाँदिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोजको आयोजना गरिएको छ । भोलि शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र आइतबार बनारसको भ्रमण गरेर त्यहीँ दिन नेपाल फर्किँदैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com