२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

टिनका कारण विश्वभरि मूल्यवृद्धि भयो : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाई छ ।

विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दावी गरे ।
शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।

उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे । “यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्

आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । राष्ट्रपति बाइडनले तत्काल युद्ध रोक्न र वार्ता मार्फत विवाद अन्त्य गर्न पटक पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com