२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

दिपेन्द्रको शतकमा नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य

काठमाडौं । शनिबार कीर्तिपूरको त्रिवि मैदानमा भएको त्रिकोणात्मक टी–२० शृंखलामा नेपालले मलेसियालाई जितका लागि २२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाउन सफल भएको थियो ।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले ५७ बल खेल्दै १० चौका र ६ छक्का प्रहार गर्दै ११० रन बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो । साथै, ओडीआई र टी–२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी दिपेन्द्र बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
खेलमा रोहित पौडेलले पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५१ रन बनाए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे । बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १र१ विकेट लिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com