२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा। गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादवका अनुसार नेपालमा रासायनिक मल कारखाना खोल्न चाहिने सहयोगका बारेमा छलफल हुनेछ।

नेपाल–भारतबीच छलफलको सूची

  • जीटुजी विधिबाट रासायनिक मल खरिद
  • रासायनिक मल कारखाना स्थापना
  • कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन
  • कृषिमा प्राविधिक सहायता
  • नश्ल सुधार गर्न मुर्रा राँगा आयात
  • एकीकृत जाँचचौकी स्थापना
  • खोरेत खोप उत्पादन

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com