२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

पहिलो जितको खोजीमा चेन्नई

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई दोस्रो खेलमा लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । सविकको विजेता टोली पहिलो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

यता पन्जाब दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको पन्जाब दोस्रो खेलमा कोलकाता नाइड राइडर्ससँग ३ विकेटले पराजित भएको थियो ।

त्यसैले पन्जाबलाई आजको खेलमा महत्वपूर्ण हुनेछ । लिगमा दुई खेल खेलेको पन्जाबले २ अंक जोडेको छ । यता चेन्नईले भने अंक जोड्न सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com