२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन हुँदै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको छ।

विभागले १० दिनअघि विवरण बुझाउन दिएको निर्देशनअनुसार उद्योगीले बुझाएको विवरणको अध्ययन गर्न थालेको हो। विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले नेपाल स्टिल रोलिङ मिल एसोसिएसनमार्फत संयुक्त रूपमा सबै उद्योगीको विवरण आएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जानकारी दिए। उनले उद्योगीबाट आएको विवरणलाई विभागले प्राथमिकता दिएर अध्ययन गर्ने काम गरेको बताए ।

डन्डीको मूल्यका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि चासो देखाएकाले विभागमा उपलब्ध विवरण वाणिज्य सचिवलाई समेत बुझाइएको महानिर्देशक श्रेष्ठको भनाइ छ। उनले उत्पादन मूल्य र बजार मूल्य अन्तरको अध्ययन गरेर जायज नभए उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने बताए। उद्योगीले पठाएको विवरणमा फलामको डण्डी उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ बिलेट र स्पनआइरन विदेशबाट आयात गर्नुपर्ने र ती सामान विदेशमै सेयर मार्केटजस्तै छिनछिनमै बढ्ने गरेकाले यसको असर नेपाली बजारमा परेको उल्लेख छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com