२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान

काठमाडौं । पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो ।

५१ हजार रुपैयाँ राशिसहित विश्वकर्मालाई सम्मान गरिएको हो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबीका भाइ गौतम टमाटालाई चेक हस्तान्तरण तथा सम्मान गरेका हुन् । हाल क्यानडामा रहेका डा। द्रोण रसाइली, सन्तोष विश्वकर्मालगायतका अधिकारकर्मीले सहयात्रा–इन्टरन्यासनल अलाइन्स फर सोसल जस्टिसमार्फत यस सम्मानको स्थापना गरेको हुन् ।

पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा मृत्यु भएको थियो । अछाम रामारोशनका विश्वकर्मा टिभी टुडेमा कार्यरत थिए । उनका लेख इकागजडटकममा प्रकाशन भएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबी ऊर्जावान व्यक्ति रहेको र काठमाडौंमा अन्तिमसम्म पनि संघर्ष गरेको बताए । एबलीसँग भएको पहिलो भेट नै अन्तिम भेट भएको स्मरण गर्दै एलबीको परिवारलाई क्षतिपूर्ति दिन दलित आयोगले सिफारिस गरेको खुलाए ।

सहयात्राका क्यानाडा अध्यक्ष सन्तोष विश्वकर्माले आफूलाई पठाएको रकम हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको इकागजका फिचर सम्पादक विमल आचार्यले बताए । एलबी विश्वकर्माका सबै लेखरचना अन्नपूर्णपोस्टदेखि इकागजसम्म सम्पादन र प्रकाशन गरेका आचार्यले भने, ‘एलबीजी गहन दर्शन र चिन्तनले भरिएका खोजमूलक लेख पठाउनुहुन्थ्यो । २६ वर्षमै उहाँलाई गुमाउनुपर्दा सामाजिक न्यायका लागि लड्ने योद्धा लेखक गुमाउनुपरेको छ ।’ एलबी विश्वकर्माका लेखरचना समेटेर पुस्तक प्रकाशन गर्ने सोचसमेत रहेको सहयात्रा क्यानडाका अध्यक्ष सन्तोष विश्वकर्माले इकागजसँग बताए ।

पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले अस्पतालको लापरबाहीले एलबीको मृत्यु हुँदा पत्रकार महासंघलाई पनि विविध कोणबाट आक्रमण गरिएको बताए । यस्तै एलबी विश्वकर्मा कार्यरत टिभी टुडेका प्रधान सम्पादक अरुणदेव जोशीले अस्पतालमा बिरामी गएपछि उपचार गर्न नमान्नु अस्पतालको गम्भीर गल्ती भएको बताए । एलबीको निधन भन्दा एक दिनअघि एलबीले दुईवटा ‘स्टोरी’ बनाएर पठाएको भन्दै एलबीले जीवनभर असल कर्म गरेको बताए ।
यसै कार्यक्रमबीच विश्वकर्मालाई इकागजडटकमले २० हजार रुपैयाँ नगद सम्मानस्वरुप प्रदान गरेको छ । कार्यक्रममा बोल्दै इकागजका प्रधानसम्पादक हरिबहादुर थापाले एलबीको परिवारका लागि इकागजले २० हजार रुपैयाँ नगद सहयोगको घोषणा गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com