२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

गठबन्धन तीनै तहमा हुने नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँको दाबी

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धन तीनै तहमा हुने बताएका छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिले सोमबार हेटौंडामा आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दललाई धोका दिन नमिल्ने बताएका हुन् ।

‘सत्ता साझेदार दलबीच गठबन्धन हुन्छ । पार्टीले गरेको निर्णयको पछि लाग्नुहोला’, उनले भने, ‘कोही कसैले पनि आफू केन्द्रीत राजनीति नगरौं । कांग्रेसले गरेको निर्णयको खिलापमा जाने अधिकार कसैलाई छैन ।’ नेता बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धाको बढेपनि मिलेर जानुको विकल्प नरहेको बताए ।

प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com