२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपाली काँग्रेस मधेस प्रदेश समितिले गरे संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँड

जनसेवा न्युज संवाददाता

नेपाली काँग्रेस मधेस प्रदेश समितिले संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँड गरेको छ । संगठनको जिम्मेवारी बाँडफाँड गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी वीरेन्द्रप्रसाद सिंहलाई दिइएको हो । काँग्रेसको मधेश प्रदेश कार्यसमितिको उपसभापति समेत रहेका सिंहलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस्तै काँग्रेस मधेस प्रदेशका अर्का उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्ष पदमा प्रदीप यादवलाई चयन गरिएको जनाइएको छ ।

प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले प्रस्ताव गरेको कार्य सम्पादन समिति र प्रदेश संसदीय समिति समेत गठन गरिएको जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि काँग्रेस मधेस प्रदेश समितिले पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको हो ।

जनकपुरधामस्थित काँग्रेस प्रदेश कार्यालयमा बसेको बैठकले प्रदेश कार्य सम्पादन समितिको समेत टुंगो लगाएको मुख्यसचिव सन्तुप्रसाद यादवले जनाएका छन् ।

सो समितिमा प्रदेश सभापति यादव, उपसभापति द्वय सिंह र चन्द्रशेखर कुमार यादव, महामन्त्री द्वय उपेन्द्रकुमार यादव र वृहस्पतिकृष्ण श्रेष्ठ, सह–महामन्त्रीहरू जयनारायण प्रसाद यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव र कोषाध्यक्ष प्रदीपकुमार यादव पदेन सदस्य छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com