२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मानिसलाई किन मनपर्छ रक्सी ? ‘मातेका’ बाँदरलाई हेरेर वैज्ञानिकले अनुसन्धान गर्ने

एजेन्सी

पनामामा बाँदरको एउटा प्रजाति छ जसलाई ब्ल्याक ह्यान्डेड स्पाइडर मंकी भनिन्छ । यी बाँदरले यतिधेरै पाम फ्रुट खान्छन् कि यिनीहरुलाई थुप्रै पटक नशामा टल्ली भएर सुतिरहेको भेटिन्छ । किनभने पाम फ्रुटमा इथेनोलको थोरै मात्रा पाइन्छ । तर धेरै फल खाँदा बाँदरलाई नशा चढ्छ ।

नशाले मातेका यी बाँदरलाई देखेर मानिसलाई रक्सी खान यति धेरै किन मनपर्छ भनेर अनुसन्धान गर्न वैज्ञानिकहरुलाई आइडिया आएको छ । बाँदर मात्रै नशामा हुन्छन् भन्ने होइन । अन्य थुप्रै प्रजातिका बाँदर पनि भिन्न प्रकारका फल र पात खाएर नशामा पर्ने गर्छन् । सुतिरहन्छन् ।

वैज्ञानिकले दुई भिन्न प्रकारको स्पाइडर मंकीको पिसाबको स्याम्पल परीक्षण गर्दा तिनीहरुको नसामा इथेनोल बगिरहेको प्रमाणित भएको थियो । यसलाई उनीहरुले पचाएका समेत थिए । तिनीहरु यसको उपयोग निद्रा पूरा गर्न र थकाई मेटाउनका लागि गर्ने गर्छन् । यो शोध रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

नर्थरिज स्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राइमेटोलोजिस्ट क्रिस्टिना क्याम्पबेलले भन्छिन्, ‘जंगलमा बस्ने बाँदर कोही मानिसको हस्तक्षेप बिना पनि नशालु फल खाएर मातेर बस्छन् भन्ने कुरालाई हामीले पहिलोपटक प्रमाणित गरेका छौँ । उनीहरु अल्कोहलको मात्रा पाइने फल खान्छन् । यस्ता फल धेरै मात्रामा खाएपछि तिनीहरुलाई नशा चढ्छ र सुतेको सुत्यै हुन्छन् ।’

क्रिस्टिन थप्छन्, ‘यो देखेर यस्तो लाग्छ कि ‘ड्रकन मंकी हाइपोथेसिस’ सही हो । यो हाइपोथेसिसलाई युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेको बायोलोजिस्ट रोबर्ट डडलेले सन् २००० मा दिएका थिए । यसमा बाँदरसँग इथेनोल सुँघ्ने र त्यो चाख्ने उत्कृष्ट क्षमता हुने बताइएको थियो । ’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com