२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गर्दै

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबार आजबाट लागू गर्न लागिएको निर्वाचन आयोगका एक आयुक्तले बताए ।

आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लाग गर्ने भएको हो । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ ।

केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो । आचारसंहिता लागेपछि सरकारले सरुवाबढुवालगायत निर्णय गर्न पाउँदैनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com