२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मुलुकभर थप १३ जनामा कोरोना पुष्टि, ४४ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ५३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ६१६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७१७ पुगेको छ । हाल नेपालमा ६ सय ३७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४४ जना कोरोना मुक्त भए,

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १५५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख १६ हजार ०३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com