२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भारतमा स्क्रब टाइफसले आठ जनाको मृत्यु, परीक्षण तीव्र

नयाँदिल्ली- भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बुश टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने रोग हो । यो जनावरहमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्छ ।

स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीं चिलाउने जस्ता लक्षण देखिन्छन् ।

उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रले भने, “केही जिल्लामा उक्त भाइरस सङ्क्रमितको मृत्यु भएको रिपोर्ट आएको छ र हामी अहिले आठ जनाको मृत्युबारे अनुसन्धान गरिरहेका छौं ।”

मिश्रका अनुसार यस वर्ष राज्यभरि स्क्रब टाइफसको घटनामा वृद्धि भएपछि परीक्षणमा वृद्धि गरिएको छ । निर्देशकका अनुसार गत वर्ष राज्यमा करिब एक हजार ५०० सङ्क्रमित भेटिएका थिए ।

“प्रारम्भिक चरणमा, यो रोगले सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यसैले यदि यसलाई प्रारम्भिक चरणमा उपचार गरियो भने, यो जटिल हुँदैन ।” (सिन्ह्वा)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com