२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

विश्वासको मतपछि परिस्थितिमा हेरफेर आयो, राष्ट्रिय सहमतिमा मेरो जोड छ : प्रधानमन्त्री प्रचण्ड

विश्वासको मतपछि परिस्थितिमा हेरफेर आयो, राष्ट्रिय सहमतिमा मेरो जोड छ : प्रधानमन्त्री प्रचण्ड

जनसेवा न्युज डटकम संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले संसदबाट अभूतपूर्व रूपमा विश्वासको मत पाएपछि राजनीतिक परिस्थितिमा हेरफेर आएको बताएका छन्।

आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीहरूको भावनालाई सम्बोधन गर्नुपर्ने परिस्थिति बनेको बताए।

‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताए।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौं, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।’

२ महिने अभियानले पार्टीको अवस्था र कार्यकर्ता अनि जनताको आकांक्षा पहिचान हुने त्यसका आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गरिने उनले बताए।

‘हामीले सरकारको नेतृत्व गरिरहेका छौं, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौं। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईंहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com