२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

माओवादी देशको सबैभन्दा ठूलो पार्टी बन्ने : रेनु दाहालको दावी

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज (रेनु दाहालले) चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् । माओवादी केन्द्रको पहिलो भरतपुर महानगरपालिकाको नगर सम्मेलनको उद्घाटन गर्दै इन्चार्ज दाहालले निष्ठा र उर्जाका साथ पार्टी निर्माणमा केन्द्रित हुुन सबैलाई आग्रह गरेकी थिइन् ।

भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी दाहालले पछिल्लो चरणमा काँग्रेस, एमाले तथा अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेशको लहर चलेको बताउँदै भनिन्, ‘जनताको आशा र भरोसा अहिले माओवादी केन्द्र नै बनेको छ । उनले मुलुकमा अहिले आएको युगान्तकारी परिवर्तन १० वर्षको ऐतिहासिक जनयुद्धकै कारणले आएको बताइन् । उनले माओवादी नै देशको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरिन् ।

उनले एमाले कम्युनिष्टको नाममा एमाले कलंक रहेको र उसको एकमात्र काम प्रतिगमनलाई संस्थागत गर्ने रहेको बताइन् । दाहालले भनिन् ‘देशलाई संकटबाट मुक्त गर्न लोकतान्त्रिक व्यवस्थाको रक्षा र प्रतिगमनलाई परास्त गर्ने मूल नेतृत्व माओवादी केन्द्र नै हो ।’ कार्यक्रममा प्रमुख अतिथी दाहालले एमालेको १० औँ राष्ट्रिय मेलालाई कुम्भ मेलाको संज्ञा दिदै ओली दम्भ बिनासको बाटोतिर गएको दावी गरिन् ।

भरतपुर मगानगरपालिका प्रमुख समेत रहेकी प्रमुख दाहालले माओवादी पार्टी विकासप्रेमी पार्टी हो भन्ने आफूले सफलतापूर्बक पुरा गरेको बताइन्।आफूले भरतपुरको बृहत्तर बिकासमा हरपल लागिरहेको भन्दै यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाईआग्रह गरिन् ।
प्रमुख दाहालले भरतपुरमा पार्टीको स्थिती सुदृढ बनिरहेको बताउदै इमानदारिताका साथ जनतामा जान आग्रह गरिन् । ‘नहुने कुरा नबोल्ने बोलेको कुरा पुरा गर्ने आफ्नो शैली रहेको र जसका कारण भरतपुरमा सबैको आकर्षण बढेको उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com