२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

गृहमन्त्रीलाई सांसद विकको प्रश्न–गोली चलाउने आदेश कसले दियो ?

गृहमन्त्रीलाई सांसद विकको प्रश्न–गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं–सांसद विमला विकले गृहमन्त्री बालकृष्ण खाँडलाई बर्दियामा भएको घटनामा गोली चलाउने आदेश कसले दिएको हो भन्दै प्रश्न गरेकी छिन् । गृहमन्त्रीले त्यसबारे उठेको प्रश्नमा गृहमन्त्रालयले आदेश नदिएको बताएका थिए । तर उनको उत्तरमा सांसदले चित्त नबुझाएपछि उनलाई फेरि प्रश्न सोधिएको थियो ।

‘हिजो भएको सडक अवरुद्धमा गोलीहान्ने आदेश कस्ले दियो म प्रश्न गर्न चाहन्छु,’ सांसद विकले भनिन्, ‘तपाईँले भन्नुहुन्छ, गृहमन्त्रालयले आदेश दिएको होइन । सिडियो भन्नुहुन्छ मैले दिएको होइन । एसपी भन्नुहुन्छ मैले दिएको होइन । आदेश कसले दिएको हो त ? हाम्रो प्रहरी छाडा हो त उसले जहाँ पनि गोली चलाउन पाउँने ?

उनले बर्दियामा भएको घटनामा गोली चलाउने अधिकार कसलाई छ गृहमन्त्रीज्यू ? भन्दै प्रश्न गरेकी छिन् । बर्दियामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा प्रहरीको गोली लागि नविना थारुको मृत्यु भएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com