२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाको घोषणा

लन्डन । उत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतिकमध्ये एक हो ।

उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् । ​

उत्तर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक–चेओलले बताए ।
यस विषयमा स्पष्टीकरण र वार्ता गर्न सीउलले अन्तर–कोरियाली सञ्चार च्यानलहरू प्रयोग गरेको तर उत्तरले बेवास्ता गरेको उनले बताए ।

सन् १९९० को दशकमा दक्षिण कोरियाले उत्तर कोरियाको डायमन्ड माउन्टेन रिसोर्टमा दर्जनौं सुविधाहरू निर्माण गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com