२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण

जनसेवा न्युज संवाददाता

नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ ।​ काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि पार्टी एकीकरण जनाइएको छ ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन् । दुई पार्टीबीच विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमति भएको छ । एकीकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै शाह र पहाडीले संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो(याउने प्रतिबद्धता जाहेर गरिएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com