२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

संविधान दिवसमा कोइरालाको शुभकामना सन्देश- राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा पर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्य संविधानको जगवाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का राख्नु पर्ने बताएका छन् ।

बिहीबार उनले नवौँ संविधान दिवसको अवसर पारेर शुभकामना दिदैँ सरकार र राजनीतिक दलहरूले देशमा सामाजिक न्याय, आर्थिक वृद्धि सुशासनका कुराहरू केवल गफ र भाषणमा मात्रै सिमित गरेको आरोप यतिखेर नागरिकबाट आएको बताएका हुन् ।

‘अग्रज पुस्ताको त्यो गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहनेछ । वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरूलाई सम्बोधन गरेको छ ,’उनले भनेका छन,’राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ ।’

उनले अगाडि भनेका छन्,’नागरिकको सम्प्रभूत्तालाई मुलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निणर्य लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सवै समुहको प्रतिनिधित्व हुनु सामान्य कुरा होइन ।’

महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको यो समुह राष्ट्र निर्माणको प्रकृयामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको कोइरालाले बताएका छन् ।
संविधान गतिशिल दस्तावेज भएकाले समाजमा उठ्ने मुद्धाहरू पनि समय सापेक्ष फरक-फरक हुनाले गतिशिल समाजका मुद्धाहरूलाई संविधानले सम्बोधन गर्न जरुरी रहेको डा. कोइरालाले बताए । आज नेपालको संविधानलाई सुधार्ने र परिमार्जन गर्ने बहस यही कारणले छलफलमा रहेको उनले प्रस्ट पारे ।

‘संविधानतः सवै नेपाली नागरिक समान छन भन्ने कुरा व्यवहारमा नदेखिदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ । कार्यकारीमा वस्ने नेतृत्वको शक्तिको असिमित चाहनाले संविधानको मूल मर्म “शक्ति पृथकीकरणको सिद्धान्त” लाई नै चोट पुग्न गयो,कोइरालाले भनेका छन्, ‘आज नेपालका संवैधानिक निकायहरूको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएका छन भने यसको पछाडी कार्यकारीवाट गरिने “मिचाहा प्रवृति” जिम्मेवार छ । राज्य संचालनका यस्ता निकायहरूमा सक्षम, योग्य र इमान्दार मानिसहरूलाई पञ्छाएर “आफ्नो मान्छे” भर्ना गर्ने सामन्तवादी सोचवाट हामी कहिले मुक्त हुने ?’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com