२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

युद्ध अपराध गरेको ठहर गर्दै अफगानिस्तानका जेल प्रमुखलाई जेल सजाय

एजेन्सी । युद्ध अपराध गरेको ठहर गर्दै अफगानिस्तानका एक जना जेल प्रमुखलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ । सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार भएको ठहर गर्दै डच अदालतले बिहीवार एक वृद्ध अफगानी पुरुषलाई यस्तो सजाय सुनाएको हो ।

अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढंगमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट बञ्चित गरेको अभियोगमा १२ वर्ष जेल सजाय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने, “यी युद्ध अपराधी हुन् ।” न्यायाधीश कोलले भने, “७६ वर्षीय राफिफले १९८३–८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल–ए–चार्खी जेलमा कैदीहरूको दुव्र्यवहारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ ।” उक्त जेलमा हजारौं कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए ।

सिरिया, अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो । सन् २०१२ मा ब्लगहरूले पुल–ए–चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो । त्यसपछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com