२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

विप्लव नेतृत्व नेकपा ले स्थानीय तहको निर्वाचन सार्न सरकारलाई दिए दबाब

नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटी आफूहरु पनि निर्वाचनमा सहभागी हुन चाहेको बताए। उनले निर्वाचनको वातावरण तत्काल बनेकाले ३० वैशाखको निर्वाचन मिति स्थगित गर्न आग्रहसमेत गरे।

‘गृहमन्त्रीज्युसँग आसन्न निर्वाचन सार्न आग्रह गरेका छौं। उहाँले हामी हाम्रो आग्रहलाई गम्भीररुपमा लिएको बताउनुभएको छ, उनले अन्नपूर्णसँग भने। उनले गृहमन्त्री खाँणलाई सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न माग गरेका थिए।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपा स्थानीय मिति सार्न शीर्ष नेतृत्वलाई दबाब दिँदै आएको छ। यसअघि पनि विप्लवसहितका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनाव मिति सार्न दबाबा दिएका थिए।

सरकारले निर्वाचन मिति घोषणा गरेर आफूहरुसँग गरेको तीन बुँदे सहमतिको उल्लघंन गरेको विप्लवले आरोप लगाउँदै आएको छ। ‘चुनाव भनेको राष्ट्रिय कार्यक्रम हो। तीन बुँदे सहमति गरिसकेपछि सबै मुद्दाहरुका विषयमा वार्ता र सम्वादमार्फत् हल गर्नुपर्छ। आफ्नै ढंगले निर्वाचन घोषणा गर्नु हामीसँग गरिएको सम्झौता विपरीत हो, प्रकाण्डले भने।

उनले जबरजस्ती निर्वाचन गरिए शान्ति प्रक्रिया या भाँडिने चेतावनी दिए। उनले बन्दीहरुलाई तत्काल रिहाइ गर्नुपर्ने र आफूहरुविरुद्ध लगाइएका सबै प्रकारका मुद्दाहरु खारेज हुनुपर्ने माग सरकासँग गर्दै आएको छ। हाम्रो मुख्य कुरा नै तीन बुँदे सहमतिअन्तर्गत हामीमाथि लगाइएको सबै मुद्दाहरु खारेज गरियोस्। हाम्रा नेता–कार्यकर्ताहरुको रिहाइ होस्। त्यसपछि हामी पनि चुनावमा जान्छौं। सौहार्दपूर्ण वातावरणमा चुनाव गरौं भनेका हौं, उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com