२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एमालेविरुद्ध पूर्व राजावादीहरु लागेका छन् : ओली

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्व राजावादीहरु लागेको बताएका छन्। एमालेप्रतिको जनलहर देखेर पूर्व राजावादीहरुले अनेक आरोप र षड्यन्त्र गरिरहेको ओलीको आरोप छ।

नुवाकोटको बट्टार बजारमा आयोजित बृहत् जनसभा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरुले मेरै जिल्ला र मेरै नगरपालिकामा पूर्व राजावादीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको बताए। उनले एमालेलाई पराजित गर्ने शक्ति राजावादीमात्र होइन, जुनसुकै वादीहरु मिलेर आए पनि नसक्ने बताए।

सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले देशमा जनताको पक्षमा केही गर्न नसकेको उनले आरोप लगाए। एमालेलाई घेराबन्दी गर्ने नाममा पाँच दलले बनाएको गठबन्धन मकैको ढोडको लौरो भएको उनको भनाइ थियो।

एमालले गरेको विकासप्रति लज्जित भएकाले अनेक जालझेल गरेर प्रतिपक्षमा पुर्‍याइए पनि देशमा जनताको पक्षमा एमालेले विकासको लहर ल्याएको उनले बताए। उनले एमाले एकक्षणका लागि प्रतिपक्षमा भए पनि अब सबै चुनावपछि फेरि सत्तामा जाने बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com