२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

२० रुपैयाँ तिरेर अनलाइनबाटै कांग्रेसको सदस्यता लिन सकिने

नेपाली कांग्रेसले अनलाइनबाटै पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था सुरू गरेको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले अनलाइनबाटै सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको हो।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले २० रुपैयाँ बुझाएर अनलाइनबाटै कांग्रेसको साधारण सदस्यता लिन सकिने व्यवस्था मिलाइएको सेतोपाटीलाई बताए।

सदस्यता लिन चाहनेले वेबसाइटमा गएर आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको पराजुलीले बताए।

सदस्यता फारम भरेपछि सोको जानकारी मोबाइलमा म्यासेजमार्फत आउनेछ। ‘यसरी प्राप्त आवेदन पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ,’ पराजुलीले आज निकालेको विज्ञप्तिमा भनिएको छ।

क्रियाशील सदस्यता नवीकरण अब जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको छ। कांग्रेसले क्रियाशील सदस्यता पनि खुला गरिसकेको जनाएको छ। केही समयपछि क्रियाशील नवीकरण आवेदन पनि पार्टीको वेबसाइटबाटै अनलाइनमै भर्न सकिने व्यवस्था मिलाइने पराजुलीले बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com