२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सत्ता गठबन्धन चुनावमा धाँधली गर्न लाग्यो : रामबहादुर थापा बादल

सत्ता गठबन्धन चुनावमा धाँधली गर्न लाग्यो : रामबहादुर थापा बादल

 

चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा नेकपा एमालेले आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाएका हुन् ।

भरतपुरमा सत्तारुढ दलका नेताहरुले दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले एमालेको विजय सुनिश्चित जस्तो देखेपछि दक्षिणपन्थी गठबन्धन उत्तेजित भएर निर्वाचन जित्न अनेक हत्कण्डा अपनाउने रणनीतिमा रहेको बताए ।

‘भरतपुर र डडेल्धुरामा उनीहरुले के के गरेका छन्, के के भनेका छन् थाहै छ, गठबन्धनलाई नजिताउने हो भने दुर्घटना हुनसक्छ भनेर जनता तर्साउने, उत्तेजित पार्ने काम गरिरहेका छन्’ नेता थापाले भने ।

आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बचको भीषण संघर्ष भएको नेता थापाले बताए । अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताए ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com