२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

समाजवादी केन्द्रको बहसले माओवादी पदाधिकारी चयन प्रभावित

समाजवादी केन्द्रको बहसले माओवादी पदाधिकारी चयन प्रभावित

जनसेवा न्युज डटकम संवाददाता

समाजवादी केन्द्र निर्माणको बहसले नेकपा माओवादी केन्द्रको पदाधिकारी प्रभावित भएको छ । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यसहित जनता समाजवादी पार्टी९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसमेतलाई एक ठाउँमा ल्याउने गरी समाजवादी केन्द्र बनाउने बहस हुन थालेपछि माओवादी पदाधिकारी नबन्ने दिशातिर गएको हो । यसमा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान छन् ।

गत असार २३ गतेको केन्द्रीय समिति बैठकमा प्रचण्डले २र४ दिन समय दिएमा पदाधिकारी समेत टुङ्गो लगाउने आश्वासन दिएका थिए । ‘पदाधिकारी सबै टुङ्गो लगाइसकेको छु । महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । २–४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी टुङ्गो लगाउँछु,’ प्रचण्डले भनेका थिए । प्रचण्डले त्यति बेलाको केन्द्रीय समितिबाट अपूर्ण स्थायी समितिसहित पदाधिकारी नबनाएर हलबाट निस्किएका थिए । प्रचण्डले भनेको त्यो २र४ दिन अझै आइपुगेको छैन । उनले आश्वासन दिएको साउन ९ गतेसम्म आइपुग्दा १८ दिन अर्थात झण्डै महिना दिन पुग्न लागेको छ ।

पार्टी स्थायी समिति र पदाधिकारी टुङ्गो लगाउने भन्दा प्रचण्ड समाजवादी केन्द्र बनाउनेतिरको बहसमा जुटेका छन् । ‘हामीले केन्द्रीय समितिबाट केन्द्रीय समिति,पोलिटब्यूरो, स्थायी समिति सहित पदाधिकारी टुङ्गो लगाउनु पर्छ भनेर दबाबै दियौँ । अरू सबै टुङ्गियो, स्थायी समितिले पूर्णता पाएन । पदाधिकारीमा प्रवेश नै भएन,’ प्रचण्ड निकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँ९प्रचण्ड०ले मागेको यस्ता २र४ दिन धेरै गए । स्थायी समितिले पूर्णता पाएको छैन, पदाधिकारी त कता हो कता ? पार्टी पदाधिकारी नबनेरै अर्को पार्टी बन्ने सम्भावना बलियो छ ।’

समाजवादी केन्द्र बने पनि नबने पनि माओवादी पदाधिकारी चुनाव अघि बन्ने सम्भावना नभएको ती नेताको दाबी छ । ‘अहिले पार्टीमा स्थायी समितिलाई पूर्णता दिन र पदाधिकारी बनाउने विषयमा पार्टीमा छलफल नै छैन । बरु समाजवादी केन्द्र बनाउने विषयमा छलफल जारी छ,’ ती नेताले भने, ‘अब समाजवादी केन्द्र बने पनि नबने पनि माओवादी पदाधिकारी चुनाव अघि बन्दैन । त्यो निश्चित भयो ।’

पार्टी महाधिवेशन भएको सात महिनासम्म पार्टी कमिटी नै अपुरो भएपछि कतिपय नेताहरूले अर्को पार्टीमा कमिटीसहित पदाधिकारी टुङ्गिने भन्दै व्यङ्ग्य गर्ने गरेका छन् । माओवादीका अधिकांश नेताहरू पदाधिकारी नबन्नेमा ढुक्क हुन थालिसकेका छन् ।

तर, पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलले समाजवादी केन्द्र बनाउने विषयमा प्रारम्भिक छलफल मात्र भइरहेको बताए । ‘अहिले समाजवादी केन्द्र बनाउने बहस र छलफल जारी छ । त्यसको कुनै औपचारिक निर्णय भएको छैन । त्यसले आकार लिइसकेको छैन’ गजुरेलले भने, ‘अब स्थायी समितिको पूर्णता र पार्टी पदाधिकारी बन्ने नबन्ने ५० प्रतिशत छ । यसै भन्न सक्ने अवस्था छैन ।’ आफूहरूले भने पार्टी पदाधिकारी बनाउन दबाब दिइरहेको गजुरेलले बताए ।

जनवर्गीय संगठनको हालत पनि उस्तै

माओवादी जनवर्गीय संगठनको अवस्था पनि पार्टीकै जस्तै छ । अखिल क्रान्तिकारीको कमिटीले पूर्णता पाए पनि समानान्तर कमिटी चलेका छन् । पञ्चा सिंहले नेतृत्वको कमिटीले पूर्णता पाए लगतै पवन कार्कीले कमिटी बनाएर समानान्तर अभ्यास गरेका छन् । त्यसैले विवाद मिलाउन पूर्व विद्यार्थी अध्यक्ष रमेश मल्ल,रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वका कार्यदल बनाएका थिए । उक्त कार्यदलले हप्ता दिन लगाएर आफ्नो प्रतिवेदन पार्टीलाई बुझाई सकेको छ । तर, कार्य दलको प्रतिवेदन बमोजिम निर्णय हुन सकेको छैन ।

मजदुर र युवाको संयोजक र सहसंयोजक बनाए पनि पदाधिकारी बन्न सकेको छैन । पदाधिकारी बनाउन नसक्दा मजदुर र युवाले प्रभावकारी रुपमा काम गर्न पाएका छैनन् । पत्रकारको संगठन प्रेस सेन्टरको पनि अध्यक्ष चयन भए पनि पदाधिकारी चयन हुन सकेको छैन । आगामी साउन १३ र १४ गते केन्द्रीय समिति बैठक बोलाएर पदाधिकारी टुङ्गो लगाउने बताएको छ । पार्टी कमिटी चुस्त नहुँदा त्यसको असर जनवर्गीय संगठनमा पर्दा त्यसको असर देखिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com