२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अखिल (क्रान्तिकारी) द्वारा ४१ सदस्यीय पदाधिकारी चयन महासचिवमा दिपेश पुन

जनसेवा न्युज संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को पदाधिकारीले पूर्णता पाएको छ । गत असोजमा भएको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो ।

बाँकी पदाधिकारी शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले टुंगो लगाएको हो । क्रान्तिकारीको पदाधिकारी संख्या ४१ सदस्यीय बनेको छ । इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन् ।

महासचिवमा दिपेश पुन र कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यसअघि १ सय ९९ सदस्यीय हुने भनिए पनि आइतबारको बैठकले २ सय ९९ सदस्यीय हुने निर्णय गरेको उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र फ्रयक्सन इन्चार्ज हितमान शाक्यसमेत सहभागी थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com