२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

युक्रेनको सेनाको दाबी : रुसले इन्धन डिपोमा गरिरहेछन् हमला

एजेन्सी । रुसको सेनाको युक्रेनको आवासीय इलाकामा मिसाइल हमला जारी रहेको युक्रेनको सेना प्रमुखले बताएका छन् । उनले मानवीय संकटको स्थिति पैदा गर्ने उद्देश्यले रुसले इन्धन डिपोमा हमला गरिरहेको दाबी गरेका छन् ।

हालैका दिनमा राजधानी किभ, साथै लविव, रिव्ने, जाइटामिर र लुत्स्कजस्ता थुप्रै शहरमा इन्धन डिपो कथित रुपमा प्रभावित भएका छन् ।

युक्रेनी सेनका अनुसार रुसी सेना राजधानी किभ, दक्षिण पूर्वमा जाफोरिज्जिया, दक्षिणमा खेरसान र पूर्वमा खारकिभमा सर्वसाधारण लुटिरहेका छन्, अपहरण र नागरिकलाई बन्धक बनाएर धम्काइरहेका छन् ।

बीबीसीले यी दाबीको तुरुन्त पुष्टि नगर्ने बताएको छ । तर यसै हप्ताको सुरुमा बीबीसीले एक रिपोर्टमार्फत् केही युक्रेनी नागरिकलाई मनोमानी ढङ्गले हिरासतमा लिइएको र रुसी–नियन्त्रित क्षेत्रबाट मानिसहरु गायब भइरहेको जानकारी भने दिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com