२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

चेल्सी एफए कपको फाइनलमा

एजेन्सी । साविकको उपविजेता चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २(० ले पराजित गर्दै चेल्सीले फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीको जितमा रुवेन लफटस चिक र मासन माउन्टले गोल गरे । दुवै गोल दोस्रो हाफको भएको थियो । ६५औं मिनेटमा रुवेन लफटसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ७६औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको जित पक्का गरे ।

अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले शनिबार राति नै म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल १४ मेमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com