२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नर्वेको पोस्टमा इंग्ल्यान्डको ८ गोल

नर्वेको पोस्टमा इंग्ल्यान्डको ८ गोल

काठमाडौँ । नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले नर्वेलाई ८–० अन्तरले पराजित गर्‍यो ।

पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै, एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरिन् ।

महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँगै इंग्ल्यान्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com