२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी । फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मार्सेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि नेयमार र केलियन एमबाप्पेले गोल गरे । मार्सेका डुजे कालेटा कारले एक गोल फर्काए ।

खेलेको १२औं मिनेटमा नेयमारको गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई २-१ ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पीएसजीले जित्यो । यो जितले पीएसजीले यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिग वानको ६ खेल बाँकी रहँदा पिएसजीले १५ अंकको स्पष्ट अग्रता बनाइसकेको छ ।

पिएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ । समन खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ । अब पिएसजीले एन्जर्सविरुद्ध जित निकाल्न सके बाँकी छँदै लिग वानको च्याम्पियन बन्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com