२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

दक्षिण कोरिया र उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

काठमाडौँ- दक्षिण कोरिया र उज्बेकिस्तान एएफसी एसियन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

कतारमा मंगलबार राति सम्पन्न प्रि-क्वार्टरफाइनल खेलमा दक्षिण कोरियाले साउदी अरेबिया तथा उज्बेकिस्तानले थाइल्यान्डलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

अल रयानस्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाले साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्‍यो ।

निर्धारित तथा थप गरिएको समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

अल जानौब स्टेडियममा भएको खेलमा भने उज्बेकिस्तानले थाइल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्‍यो । उज्बेकिस्तानको जितमा अजिजबेक टर्गउनबोएभ र अबोसबेक फायजुलायभले एक-एक गोल गरे ।

थाइल्यान्डका लागि सुपाचोक साराचटले एक गोल फर्काए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com