२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

ला लिगा : शीर्षस्थानमा रियल म्याड्रिडलाई १५ अंकको अग्रता

एजेन्सी । स्पेनिस् ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउनको लागि रोड्रिगो, नाचो फर्नान्डेस र करिम बेन्जेमाले समान एक(एक गोल गरे । सेभियाका इभान राकिटिच र एरिक लमेलाले गोल गरे ।

खेलको २१औं मिनेटमा राकिटिचले फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । २५औं मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट कमव्यक गरे । ५०औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । ८२औं मिनेटमा फर्नान्डेसले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

इन्ज्युरीमा बेन्जेमाले गोल गरेपछि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार पूनरागमन जित निकाल्यो ।

यो जितसँगै रियलले यो सिजनको ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ । रियलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com