२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई ३-१ ले पराजित गर्‍यो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले दुई गोल गर्दा जोन स्टोन्सले एक गोल गरे । केलेची इहेनाचोले लेस्टरका लागि एक गोल फर्काए ।

२२ वर्षीय हालान्डले प्रिमियर लिगको एकै सिजनमा ३२ गोल गरिसकेका छन् ।

विभिन्न प्रतियोगितामा गरी पछिल्ला १० खेलमा लगातार जित निकालेको म्यानचेस्टर सिटीले लिगमा शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ । समान ३० खेलबाट आर्सनलले ७३ अंक जोड्दा म्यानचेस्टर सिटीको ७० अंक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com